‘आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणालीमात्र प्रजातन्त्र होइन’:पूर्वराजा ज्ञानेन्द्र

0
ganendra

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीति शुरू गरिएकाले मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिहीबार पूर्वराजाले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्। नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा गर्दा अहिलेको अवस्था आएको बताएका छन् ।

सन्देशमा भनिएको , ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्ष पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीतिक शुरू गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्तै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

पूर्वराजाले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणालीमात्र होइन भन्दै यसलाई सामाजिक पद्धति र सन्तुलित खुसीसँग जोडेर हेरिनुपर्ने समेत बताएका छन् ।निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेको उल्लेख गर्दै संदेशमा भनिएको छ, ‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणालीमात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ।’

सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्ने बेला भएको उनले जनाएका छन्। ुराष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौंरु,ु शाहले प्रश्न गरेका छन्।

हेर्नुहोस् सन्देश:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed