Banking Khabar
मुख्य समाचार

एसिडपीडित बालिका मुस्कान खातुनलाई ५० हजार सहयोग गरी पर्यटनमन्त्री भट्टराईले मनाए जन्मदिन

shilalekha
shilalekha
प्रकाशित: September 6, 2020
September 6, 2020
सेयर:

काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरी मनाउनुभएको छ । कक्षा ९ कक्षामा अध्ययनरत खातुनलाई मन्त्री भट्टराईले अधयनमा सहयोग पुर्याउनका लागि ५० हजार नगद सहयोग गर्नुभएको हो ।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ।

उनको उपचारको लागि सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताउनुभयो । मन्त्री भट्टराईले, ‘मलाई विश्वास छ, तपाईं भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला।’

पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर उहाँको शिक्षाको सबै प्रबन्ध गरिने बताउनुभएको थियो ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराईले एसिडपीडित बालिका मुस्कान खातुनलाई सहयोग गर्नुभएको हो ।