Banking Khabar
ब्यानर न्युज

ओम्नी समूहबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको लेखाको ठहर

shilalekha
shilalekha
प्रकाशित: December 18, 2020
December 18, 2020
सेयर:

काठमाडौं । ससंदको सार्वजनिक लेखा समितिले् समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको समितिले ओम्नीमार्फत् गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै यसमा संलग्नहरुलाई कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको हो ।

समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको निष्कर्षसमेत निकालेको छ । समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद गरी भ्रष्टाचार भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरी मुद्दा चलाउन पनि निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो

उहाँले भन्नुभयो, ‘आज माननीय मन्त्रीज्सँयूग विभिन्न कोणबाट छलफल भयो, खरिद प्रक्रिया नियमसंगत नभएकाले यसमा जो संलग्न हुनुहुन्छ, उहाँहरु दोषी करार गर्ने अवस्था सिर्जना भएकाले को-को दोषी हुनुहुन्छ ? क-कसले अनियमितता गर्नुभएको छ ? त्यो पहिचान गरेर कानुनी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्देशन भएको छ ।’

समितिको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त कालले ओम्नी समूहलाई राज्यकोषबाट एक पैसा नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरी राज्यकोषमा दाखिला गरेको बताउनुभयो । आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफ्नो पनि साथ रहने उहाँको भनाइ थियो ।

बैठकमा सांसदहरूले कोरोनाका महामारीबीच चर्को मूल्यमा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा ओम्नीलाई दिनुको कारण सोधेका थिए । साथै उनीहरुले प्रक्रिया नै मिचेर स्वास्थ्य सामग्री खरिद सम्झौता भएको भन्दै छानविन गर्नुपर्ने बताएका थिए ।