Banking Khabar
ब्यानर न्युज

ओली १० बुँदे कार्यान्वयनमा असहमत, कार्यदलबाट भीम रावलले दिए राजीनामा

shilalekha
shilalekha
प्रकाशित: October 22, 2021
October 22, 2021
सेयर:

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएपछि १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका हुन ।

शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका छन् । रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि समर्थन जनाएका छन् ।