‘ओलीको अदालतको सेटिङ भत्कियो,अव निर्वाचन आयोगको पनि सेटिङ भत्किँदै छु’: प्रचण्ड

0
133035024_2843109015926608_2556258802542211538_o

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अदालतको सेटिङ भत्किएको र निर्वाचन आयोगको पनि भत्किने प्रक्रियामा रहेको बताएका छन् ।

सोमबार पेशागत महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै दाहालले पार्टीको आधिकारिकता आफ्नो समूहले पाउने दाबी गरे ।

‘मैले भनेको थिएँ सर्वोच्चले फैसला जनताको पक्षमा नै गर्छ । अर्को हुनै सक्दैन भनेर सार्वजनिक मञ्‍चबाट भन्‍ने गर्थेँ मैले कुनै सेटिङ गरेर भनेको होइन । अहिले पनि निर्वाचन आयोगसँग भएको पटक-पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा भन्छु,’ उनले भने, ‘पार्टीको मान्यता हामीले पाइ नै सक्यौं ।

सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो ।’ ओलीप्रति आक्रमक देखिएका दाहालले भने, ‘अब अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ ।’

‘अब अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ’ प्रचण्डले भने, ‘हेर्नुहोला मैले त्यत्तिकै भनेको होइन । मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले यो उहाँहरूको आधिकारिक पार्टी होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो । सूर्य चिन्ह र नाम हाम्रै हो भन्ने फैसला हुन्छ । एक इन्च पनि शंका गर्नु पर्दैन । म यो कुरा विश्वासका साथ भन्न सक्छु ।’

उनले ओलीको सेटिङको भ्रममा परेका कार्यकर्ता पनि विस्तारै फर्किन लागेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed