Banking Khabar
ब्यानर न्युज

ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो,कठोर भएँ भने भित्तामा पुर्‍याउन सक्छु:प्रचण्ड

shilalekha
shilalekha
प्रकाशित: January 19, 2021
January 19, 2021
सेयर:

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् ।

प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए ।
‘प्रचण्ड’ ले आफू कठोर भएर लागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामै पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।
उनले ओलीलाई इंगित गर्दै भने, ‘ओलीजी मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ। म कठोर हुनुपर्‍यो भने तपाईंलाई भित्तामा पुर्‍याउन पनि सक्छु। त्यसका लागि तयार पनि भएको छु।’

आफू कठोर भएर लागे प्रधानमन्त्री ओली सिद्धिने समय आएका पनि उनले बताए। दाहालले ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। उनले ओलीबाट भयानक भुमरीमा मुलुकलाई लैजानका लागि दुष्कर्मको सुरुवात भएको आरोप लगाए।