Banking Khabar
ब्यानर न्युज

कांग्रेस बाँके-काठमाडौं सम्पर्क समितिको सभापतिमा दिल वली निर्वाचित

shilalekha
shilalekha
प्रकाशित: July 27, 2024
July 27, 2024
सेयर:

काठमाडौं । नेपाली कांग्रेस बाँके -काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेशनबाट दिल बहादुर वली सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

यस्तै उपसभापतिमा कमला डिसी,सचिवमा गोविन्द उपाध्याय, कोषाध्यक्षमा सुभाष पौडेल र सह सचिवमा नितेश सिंह मौर्य रहेका छन् । यस्तै सदस्यमा कर्ण कठायत,किरण लम्साल, चिरिन्जीवी गौडेल, अर्जुन पौडेल,सुस्मा शर्मा, गोपाल काफ्ले, राजेन्द्र खड्का, हरि बहादुर बुढाथोकी, विरेन्द्र थारु, तारा रिजाल, सुशान्त अधिकारी र तिलक बहादुर खत्री रहेका छन् ।उक्त समिति १५ सदस्यीय रहेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर बहादुर पुनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलको विशिष्ट आथ्यियतामा सम्पन्न भएको थियो । यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका मेयर पूर्ण प्रदान आर्चाय, राप्ती सोनारी गाँउपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, नेपाल तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषाल, टे्रड युनियन बाँकेका सभापति राम बहादुर मल्ल,नेपाली कांग्रेस बाँके अनुशासन विभाग प्रमुख आशिष काफ्ले, महाधिवेशन प्रतिनिधि कमला हमाल, कृष्ण बहादुर विक लगायत नेताको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी पुनले संगठनलाई गतिशिल बनाउन सम्पर्क समितिको अहम भुमिका रहने बताए । यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेस बाँके सभापति गौडेलले बाँके घर भइ हाल काठमाडौंमा पेशा, व्यवसाय तथा अध्ययनमा रहेका व्यक्तिहरुलाई सहयोग गर्नका लागि पनि सम्पर्क समितिको आवश्यकता रहेको बताए । साथै सम्पर्क समितिले नेपाली कांग्रेसको संगडन चलायमान बनाउन पनि सहयोग पुग्ने बताए ।