कांग्रेसकाे सूचना विभागले पार्टीलाई डिजिटलाइज्ड बनाउने अभियान थाल्यो

0
congresss party office

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई सूचना,सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री (डिजिटलाइज्ड) बनाउने अभियान सुरु गर्ने भएको छ।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ‘न्युनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीति लिदै पार्टीलाई डिजिटलाइज्ड बनाउने अभियान थाल्ने निर्णय लिएको हो।
विभाग प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले ‘प्रविधि मैत्री अभियान’ को सुुरूवातमा पार्टीको वेबसाईटलाई यथासिध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने निर्णय गरेको छ।

यसका लागि विभागले विभिन्न उपसमितिहरु गठन पनि गरेको छ । जसमा वेबसाइट संयोजन उपसमितिमा गोवर्धन राना मगर, छहारी संवाद संयोजन उपसमितिमा डा सुरेश आर्चाय, प्रविधि संयोजन समितिमा दिपेश विष्ट,टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा निर शाह,रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा र नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा दिनेश र थापा मगरलाई जिम्मेवारी दिइ उपसमितिहरु गठन गरिएको छ।

यस्तै, विषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिव्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दवै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ ।
बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed