काठमाडौँ उपत्यकामा बुधबार ३ सय ८८ कोरोना संक्रमित थपिए,देशभर साढे ४१ हजार पुग्यो

0
1594215499106925567_696122274563470_3589

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुगिट भएको हो।
बुधबार देशभर १ हजार एक सय २० जनालाई कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed