Banking Khabar
ब्यानर न्युज

केपी ओलीको भाषण सुनेर राजावादीहरु निराश,ओलीले भने,’राजतन्त्र फर्काउने कुरा नसोचे हुन्छ’

shilalekha
shilalekha
प्रकाशित: February 5, 2021
February 5, 2021
सेयर:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

शुक्रबार नारायणहिटी अगाडिबाट उनले केपी ओलीले राजतन्त्र फर्काउन लागेको भनेर हल्ला फैलाइएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो प्रतिवद्धता दोहोर्‍याएपछि राजावादीहरु र संघीयताविरोधीहरु असन्तुष्ट एवं निराश बनेका हुन् ।

कामचलाउ प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष ओलीले राजतन्त्र फर्कन नसक्ने भन्दै गणतन्त्रको रक्षामा लाग्न सबैलाई आग्रह गरे ।ओलीले भने, बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ उनले भने, ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।‘ कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो–बढ्यो ।’

उनले देशको विकासमा गणतन्त्र र संघीयता प्रभावकारीता देखिएको पनि बताए । ‘यसले हाम्रो विकासमा बाधा दिएको छैन । हाम्रा स्थानीय निकायहरु कोभिडविरुद्धको लडाइँमा असाध्यै प्रभावकारी देखियो ।’ उनले भने ।

आफ्नो नेतृत्वको सरकारले गरे जसरी नेपालको इतिहासमा कसैले पनि विकास नगरेको उनको दाबी छ । संविधानप्रतिको ओलीको यस्तो प्रतिवद्धताले संविधानविरोधी, संघीयताविरोधी दक्षिणपन्थी शक्तिहरु निराश बनेका हुन् ।