Banking Khabar
मुख्य समाचार

कोरोना संक्रमणका कारण ट्राफिक प्रहरी आइसोलेसनमा बसेपछी काठमाडौंका सडकमा ‘डमी ट्राफिक प्रहरी’

shilalekha
shilalekha
प्रकाशित: September 1, 2020
September 1, 2020
सेयर:

काठमाडौँ । कोरोना संक्रमणका कारण ट्राफिक प्रहरी आइसोलेसनमा बसेपछी काठमाडौंका सडकमा महानरीय ट्राफिक प्रहरी महाशाखाले ‘डमी ट्राफिक प्रहरी’ राखेको छ ।

ट्राफिक सचेतना अभिवृद्धिको लागि महाशाखाले सडक शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा २२ वटा बुख्याँचा ट्राफिक प्रहरी ९डमी० बनाएर राखेको छ । डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १० हजारसम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना पनि कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारीदिनुभयो । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालको भनाइ छ ।

उहाँले कोरोना महामारीका कारण महाशाखाका धेरैजसो ट्राफिक प्रहरी आइसोलेसमा बसेका छन् । ट्राफिकको संखया कम भएको अवस्थामा ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति हुने बताउनुभयो ।
उक्त ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौ महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ । ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माईतिघर, नयाँ बानेश्वर चोक,बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन् ।

त्यस्तै, महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ ।