गृहमन्त्री लेखकको प्रष्टिकररण :भिजिट भिसा दुरुपयोग प्रकरणमा ममाथि नियोजित षड्यन्त्र गरियो

0
Ramesh lekhak home minister

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरुपयोग प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै लेखकले आफूविरुद्ध नियोजित षडयन्त्र भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने बताए ।

‘भिजिट भिसा दुरुपयोग प्रकरणमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन । मेराविरुद्ध नियोजित, षड्यन्त्रमूलक ढंगले राजनीतिक ढंगले आक्रमण हो,’ लेखकले भने, ‘संवैधानिक निकायले गरिरहेको छानबिनलाई मन्त्रीलाई जोड्ने हो भने, हिजो कति मन्त्रीले जवाफ दिँदै जाने ?’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गृहमन्त्रालय मातहत नरहने भन्दै खुला हृदयले छानबिनलाई सहयोग पुर्‍याउने प्रतिवद्धता लेखकले जनाए ।

अध्यागमन कार्यालयका कामलाई व्यवस्थित बनाउने प्रक्रियामा गृह मन्त्रालयले सबै सहजीकरण र सहयोग गर्ने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed