गृहमन्त्रीले माइतीघरमा पलेटी कसेर भने–’रेशम चौधरीलाई रिहा गर्न वार्ता टोली गठन गर्छौँ’

0
badal vs resam

काठमाडौं । जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ।

चौधरीको रिहाइका लागि राजधानीको माइतीघर मण्डलामा पाँच दिनदेखि चलिरहेको धर्ना कार्यक्रममा सहभागि गृहमन्त्री रामबहादुर थापाले वार्ता टोली गठन गर्ने बताएका छन् ।

गृहमन्त्री थापाले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै भने  ‘प्रधानमन्त्रीको तर्फबाट, सरकारको तर्फबाट म अहिले उपस्थित भएको छु,’ थापाको भनाइ छ, ‘हामी पनि यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने पक्षमै छौं । यी विषयहरु उठाउनु भएको छ, यी विषयप्रति सरकारको धारणा सकारात्मक नै छ ।’

नयाँ सत्ता समीकराणका लागि सत्तारुढ एमाले र जसपाबीच भएको वार्तामा चौधरी रिहाइको विषय पनि उठ्ने गरेको छ। सरकार र जसपाबीच रेशम चौधरीको रिहाई र सत्ता गठबन्धन गर्ने मुद्दामा केन्द्रित रहेर वार्ता हुँदै आएको छ ।

बिहीबार धर्ना स्थल माइतीघर मण्डलामा पुगेका थापालाई थारु अगुवाले १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। टीकापुर घटनामा चौधरीलाई अदालतले दोषी ठहर गरेपछि उनी लामो समयदेखि डिल्लीबजार गारागारमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed