Banking Khabar
कला-साहित्य

चम्चाहरू भाँडो रित्ताउन तल्लीन छन, आउ तिमी पनि ” !

shilalekha
shilalekha
प्रकाशित: August 24, 2020
August 24, 2020
सेयर:

रतन उदासका  ५  कविताहरू 

१)”चम्चा र भाँडोको सम्बन्ध”

चम्चाहरू भाँडो रित्ताउन तल्लीन छन ।
भाँडो रित्तिदै छ ।
न आभाष छ उस्लाई न कुनै खबर,
थोपा थोपा कतरा कतरा,
अस्तित्व बिहीन भइरहेछ भाँडो,
न अफसोस न कुनै मलिनता,
बस, रित्तिदै छ कण कण,
चम्चा र भाँडो को सम्बन्ध प्रगाड छ यतिखेर ।
——-०—–

२)”पालै पालो मिलेर सिध्याउ”

आउ तिमी पनि आउ,
आ-आफनो पालो पुगाउ,
जनता त जेन तेन बाँचेकै छन ।
तिमी नै आफ्नो महल सजाउ ,
भोकै निदाउने बानी परिसकेछ हामीलाई ,
तिमी नै सुनाखरी पलङमा निदाउ,
अब त कति नै बाँकी राख्या छौ र?
भएको पनि  मिलेर सिध्याउ,
आउ पालै पालो आउ ।
——०——

 ३) “रफ्तार”

उ लुकाउन खोज्छे,
म हेर्न आतुर हुन्छु ।
उ दबाउन खोज्छे,
म फुकाउन आतुर हुन्छु ।
उ लजाउछे,
म छाडा हुन आतुर हुन्छु ।
आबेग को रफ्तार जब थम्छ ,
उ नजीकीन्छे ।
म टाडा हुन आतुर हुन्छु ।
——०—–

४) “त्यति महत्व राख्दैनन्” 

बस्तु बिना को मोल,
पिण्ड  बिनाको तोल,
चोक्टा बिना को झोल,
मुबाईल बिना को खोल,
क्रीम बिना को रोल,
तॉल बिनाको ढोल,
मिठास बिनाको बोल,
हो त्यति महत्व राख्दैनन्  ।
——०—–

  ५) “महान्  मानिस”

साधन ले हैन साधना ले,
भवन ले होईन भावना ले,
चर्को उच्चारण ले होईन,
उच्च आचरण ले,
मानिस लाई महान्  बनाउँछ ।

के हामी महान्  हुने मार्गमा छौँ ??

            रतन ओली  सुर्खेते (उदास)
दोधारा चाँदनी, सुदूरपश्चिम्  कञ्चनपुर