Banking Khabar
मुख्य समाचार

चैतबाट बन्द भएका लोक सेवाका विज्ञापनहरु अब धमाधम खुल्ने

प्रकाशित: October 1, 2020
October 1, 2020
सेयर:

काठमाडौं । सरकारले लोकसेवा आयोगका विज्ञापनहरु खुलाउने निर्णय गरेको छ।

कोरोना भाइरसको महामारीका कारण सरकारी दरबन्दी पुर्तिका लागि आयोगका विज्ञापनहरु रोकिएका थिए। अव सरकारको निर्णयअनुसार आयोगले स्वास्थ्यका मापदण्ड र प्रक्रिया पूरा गरी परीक्षा सञ्चालनको सूचना प्रकाशन गर्नेछ। यस अघि सरकारले विज्ञापन भएर पनि रोकिएका परिक्षाहरु सन्चालन गर्ने निर्णय गरेको थियो।

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत वैशाखदेखि रोकिएका परीक्षा, विज्ञापन लगायतका नियमित कार्य अघि बढाउन आयोगलाई आग्रह गरिएको जानकारी दिनुभएको हो ।