Banking Khabar
ब्यानर न्युज

जसपा आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा इजलास गठन, साउन ३ देखि सुनुवाइ

प्रकाशित: July 7, 2021
July 7, 2021
सेयर:

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ।

पदाधिकारीको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा सबै आयुक्त रहेको इजलास गठन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

इजलासले साउन ३ गते आइतबारदेखि सुनुवाइ गर्नेछ । साथै पक्ष विपक्षी दुवै तर्फकाले कानून व्यवसायी पनि राख्न पाउने श्रेष्ठले जानकारी दिए । जसपका दुवै पक्षले आफूहरु नै आधिकार रहेको दावी गरेपछि आयोगले सहमतिका लागि हिजो दुवै पक्षलाई बोलाएको थियो ।

तर, सहमतिको प्रयास सफल हुन नसकेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आधिकारिता विवाद निरुपण गर्न लागेको हो ।