Banking Khabar
मुख्य समाचार

नेपालगञ्‍जका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी कोरोना जितेर घर फर्किए

shilalekha
shilalekha
प्रकाशित: September 4, 2020
September 4, 2020
सेयर:

काठमाडौं । नेपालगञ्‍ज उपमहानगरुपालिका करमोहना गाउँका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनुभएको छ ।

भदौ ५ गते कोरोना संक्रमित भएपछि कुर्मीलाई स्वास्थ्यकर्मीहरुले कृषि तालिम केन्द्र खजुराको आइसोलेसनस्थलमा राखेर रेखदेख गर्दै आएका थिए।

कोरोना भाइरसको संक्रमण जितेर १५ औँ दिनमा  डिस्चार्ज हुँदा ८८ वर्षीय वृद्ध कुर्मी निक्कै खसी देखिनुहुन्थ्यो । कुर्मी घर फर्किदैगर्दा कुर्मी भन्नुहुन्छ,कोरोना भनेर जति डर देखाइएको छ, त्यस्तो डराउनुपर्ने रोग कोरोना होइन रहेछ। म निको भएर घर फर्कन्‍छु भन्ने हिम्मत र आत्मविश्वास भयो भने कोरोनालाई सजिलै जित्न सकिने रहेछ। मन दह्रो बनाउने घरेलु जडीबुटी तुलसीको पात, गुर्जो, अदुवा, मरिच र ल्वाङ लगायतका जडीबुटी पकाएर दिनमा ३र४ पटक खायो भने कोरोना ठिक हुन्छ।

संक्रमित भएका बेला कुर्मीलाई हल्का खोकी लागेको थियो। स्वास्थ्य अवस्था कमजोर भएका कारण घरबाट आइसोलेशनस्थलमा जाँदा लौरो टेकेर एम्बुलेन्समा चढ्नुभएको थियो । घरेलु जडीबुटी र तातो पानी खाएरै आफूले कोरोनालाई जितेको कुर्मीले बताउनुभयो ।

कुर्मीसँगै उहाँका परिवरका ५ जना कोरोना संक्रिमत भएका थिए। समस्याबिनै ८८ वर्षिय वृद्ध कोरोना जितेर घर फर्कंदा स्वास्थ्यकर्मीहरु पनि निक्कै उत्साहित  र खुसी भएको स्वास्थ्यकर्मीले बताएका छन् ।