Banking Khabar
मुख्य समाचार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित,अर्को वैठक दशैं पछि नै बस्ने सम्भावना

shilalekha
shilalekha
प्रकाशित: October 10, 2020
October 10, 2020
सेयर:

काठमाडौं । नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको बैठक फेरि स्थगित हुने भएको छ।

पार्टीका पूर्व कोषाध्यक्ष रामवावु प्रसाईको कोरोनाका कारण शुक्रवार निधन भएपछि आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको हो।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।
यसअघि १९ गतेका लागि बैठक डाकिएकोमा सात जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएसँगै २५ गतेका लागि बैठक सारिएको थियो। अर्को बैठक कहिले बोलाउने भन्ने कुराको टुंगो लागेको छैन् । दशैं आइसकेकोले अव अ‍ेर्को वैठक कहिले राख्ने भन्ने विषयमा पार्टीमा छलफल गरेर तय गरीने मुख्यसचिव पौडेलले बताउनुभयो ।

काँग्रेसले १४ औं महाधिवेशन सार्ने कि कहिले गर्ने भन्ने विषयमा छलफलका लागि बैठक बोलाइएको थियो।पार्टीको आगामी महाधिवेशन फागुनका लागि तोकिएको भए पनि कोभिड–१९ महामारीका कारण उक्त मितिमा महाधिवेशन नहुनेमा नेताहरु लगभग निचोडमा पुगिसकेका छन्। यद्यपि सभापति शेरबहादुर देउवा इतरका नेताहरु भने तोकिएको समयमै महाधिवेशन हुनुपर्ने पक्षमा देखिन्छन्।