पर्यटनमन्त्री आलेको प्रश्न – दाँत फुकालेर निजगढमा एयरपोर्ट बनाउनु ?

0
पर्यटनमन्त्री आलेको प्रश्न – दाँत फुकालेर निजगढमा एयरपोर्ट बनाउनु ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यावहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् ।

उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने बताए । मन्त्री आलेले अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै केही मन्त्रीहरूले निजगढ विमानस्थल बनाउँछौँ भनिरहेको तर बजेटमा भने २६ करोड रुपैयाँ मात्रै छुट्याएको भन्दै अव्यावहारिक कुरा गर्न नमिल्ने बताए ।

उनले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने जिकिर गरे । मन्त्री आलेले भने,’आज कतिपय मन्त्री साथीहरूले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ । के दाँत फुकालेर गर्ने रु दाँत फुकालेर एयरपोर्ट बन्छ रु बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, १ खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? एयरपोर्ट बन्छ भन्नेहरूलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट । मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले । मधेसलाई राजधानीसँग जोड्न नचाहने ? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ ।’

उनले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।

मन्त्री आलेले विमानस्थल निर्माणमा ३ खर्ब र फास्ट ट्र्याकका लागि २ खर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed