पूर्व गृहमन्त्री खाणको पिए केसीले पैसा लिएको प्रमाण भेटेपछि परेका हुन् पक्राउ

0
narendra kc

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाणसँगै प्रहरीले उनका पिए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ।

यो प्रकरणमा केसीले पीडितसँग पैसा लिएको प्रमाण भेटेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो।

यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले आफ्नो बयानमा खाणका पिए केसीले पैसा लिएको बयान दिएका दिएका थिए। सबै कुराको दोष आफू लिने वा खाणको निर्देशनमा आफूसमेत संलग्न भएर गरेका कर्तुतहरूमा पूर्वगृहमन्त्रीलाई पनि पोल्ने भन्ने निर्णयमा पुग्न पाण्डेलाई केही समय लागेको थियो। अन्ततस् उनले खाणको निर्देशन र संलग्नतामा आफूले काम गरेको बयान दिएका छन्।

सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो। अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो। प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो।

फोनबाट ‘रिट्रिभ’ गरिएका ९उकासिएका० विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक(पटक गरेका कुराकानीका साथै अन्य सामग्री पनि थिए।

कुराकानीमा पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ। त्यसरी लेनदेन गर्नमा खाणका पिए केसीको पनि ठूलो भूमिका देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed