Banking Khabar
ब्यानर न्युज

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै हुन्छ- प्रधानमन्त्री देउवा

shilalekha
shilalekha
प्रकाशित: June 30, 2022
June 30, 2022
सेयर:

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए।

‘गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भईसकेको छ। यसै वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ’, उनले भने, ‘मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास लिएको छु।

उनले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं। हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पुर्‍याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रूपमा स्थापित गर्नु हामी सबैको दायित्व हो’, उनले भने।

प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा समेत राखे।