प्रदेश-५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने नेकपाको प्रस्ताव

0
1601628277_cm-office-pradesh-5

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको छ। यो विषयमा नेकपाको सचिवालय सदस्यहरूबीच पनि अनौपचारिक छलफल भएको थियो।

दुवै नेताहरूको सहमतिपछि नेकपा प्रदेश कमिटीलाई पनि सोही अनुसार निर्देशन दिइएपछि प्रदेश -५ को मन्त्रिपरिषद् बैठकमा दाङको भालुवाङलाई राजधानी बनाउने विषयमा प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित गरिने बताइएको छ। सोअनुसार प्रदेशसभामा शनिबार प्रस्ताव पेस गर्ने तयारी छ।

नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ल्याएको पक्षमा मतदान गर्न ह्विप समेत जारी गरेको छ। नेकपाको सो निर्णयपछि प्रदेश सांसदहरू बुटवल फर्कने तयारीमा रहेको प्रदेश सांसद इन्द्रजित थारुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed