प्रदेश ५ राजधानी विवाद: प्रदेशसभामा नाराबाजी गर्दै कांग्रेसका सासंदले गरे कुर्सी तोडफोड

0
province-5-meeting_QUXF0sazBP

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को राजधानी तोकिएको विरोध जनाउदै प्रदेशसभामा कुर्सी र टेबुल तोडफोड गरेका छन्।
प्रदेशसभा बैठक को विरोधका बाबजुद पनि बैठक अघि बढाइएपछि कांग्रेसका सासंसदहरु आक्रोशित भएका थिए । आक्रोशित बनेका कांग्रेसका सांंसदहरूले कुर्सी र टेबुल तोडफोड गरेका छन्। उनीहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरी कुर्सी तोडफोड गरेका हुन्। सभामुखको वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन्।

कांग्रेसका सांसदहरूको नाराबाजीपछि सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसद्हरूलाई बस्न र बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए। तर कांग्रेसका सांसदहरूले विरोध गरिरहे। सभामुखले बैठक अघि बढाइरहे।

कांग्रेसको विरोध भएपनि सत्तापक्षले जसरी पनि राजधानीको प्रस्ताव पास गराउने रणनीतिमा संसद् अघि बढेको थियो। यसपछि आक्रोशित सांसदहरूले कुर्सी तोडफोड गरेका हुन्।

प्रदेशसभा हलको एक साइडमा बसेर प्रमुख प्रतिपक्ष कांग्रेसले नाराबाजी गरेर विरोध गरिरहेको छ।

आफूहरूसँग कुनै छलफल नै नगरी सत्तापक्षले राजधानीको विषयमा प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको हो। सत्तारूढ दल नेकपाकै पनि रुपन्देही जिल्ला कमिटीले प्रदेशको राजधानी भालुवाङ बनाउने पार्टीरसरकारको प्रस्तावमा विरोध जनाएको थियो। तर नेकपाले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

कांग्रेस सांसदहरूले संसदीय मर्यादा कायम गर्न र प्रक्रियाविपरीत ल्याइएको राजधानीको प्रस्ताव फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए।

गत शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी भालुवाङ बनाउने प्रस्ताव गरेका थिए। त्यहीँ प्रस्तावलाई सभामुख घर्तीले निर्णयार्थ प्रदेशसभामा टेबुल गर्ने कार्यसूची छ।

भालुवाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता भएपछि बुटवल क्षेत्रका स्थानीयले विरोध गरेका थिए भने दाङ क्षेत्रका स्थानीयले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed