प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका

0
pm_bhaitika_1_XfKvkCUk4K

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाउनुभएको छ । कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवाटार पुग्नुभएको थियो ।
कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला तथा सगुन पनि दिनुभएको थियो । प्रधानमन्त्री ओलीले बहिनीलाई पनि सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed