प्रधानमन्त्री केपी ओली श्री ३ जंगबहादुरको बाटोमा हिँड्नुभयो: प्रचण्ड

0
PRACHND

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगबहादुर राणाकको बाटोमा हिँडेको बताउनुभएको छ ।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको छ । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डको दाबी छ।

माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेँटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखेँ मैले। मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन। हामी जनताको बीचमा पुग्यौं। केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनु भयो। त्यहिंबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो,’ ।

पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पुर्‍याएको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो। यो कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उहाले उल्लेख गर्नुभयो ।

संविधानले दिँगै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत उहाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed