Banking Khabar
ब्यानर न्युज

प्रस्ताव गरिएको कांग्रेस महाधिवेशन कार्यतालिका फेरीयो, मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय

shilalekha
shilalekha
प्रकाशित: October 28, 2021
October 28, 2021
सेयर:

कामठाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुने भएको छ।

निर्वाचन समितिले बुधबार गरेको निर्णयलाई परिमार्जन गर्दै महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको हो।

महादेव यादव नेतृत्वको निर्वाचन समितिले सबै तहका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यतालिका अनुसार बाँकी रहेका वडा अधिवेशन कात्तिक २७ गते, पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते गर्ने निर्णय गरेको छ।

त्यस्तै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते, एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर १० गते गर्ने संयोजक महादेव यादवले जानकारी दिए।

त्यस्तै प्रदेशसभा अधिवेशन मंसिर १६ र १७ गते गर्ने निर्णय भएको छ।

यस्तो निर्वाचन कार्यतालिका