बास्तोला पक्राउको विरोधमा विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

0
darmendra bastola

काठमाडौं । आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलाको विरोधमा नेपाल बन्द सहितको विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो। बाँस्तोला बुधबार पक्राउ परेका थिए। माघ १० मा नेपाल बन्दको घोषणा गरिएको छ। पार्टी महासचिव विप्लवले बिहीबार विज्ञप्ति प्रकाशित गरि शनिबार देशव्यापी विरोध जुलुस प्रर्दशन गर्ने जनाएका छन्।

माघ ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ गते देशव्यापी मसाल जुलुस गर्ने विज्ञप्तिमा उल्लेख छ।  राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाँउदै आफ्ना कार्यकर्ता पक्राउ गरिएको प्रति विप्लवले खेद व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed