बिहिबार हालसम्मकै उच्च ४ हजार ३६४ जना कोरोना संक्रमित थपिए

0
jageshwor-gautam_20200913102642

काठमाडौं । बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

दशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता गौतमले बताउनुभयो ।यस दिन थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९०पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed