बैजनाथका युवाहरुलाई पाँच दिने आधारभुत पत्रकारिता तालिम सुरु

0
photo heading

बाँके (बैजनाथ)। बैजनाथ गाँउपालिकामा पाँच दिने आधारभुत पत्रकारिता तालिम मंगलबारबाट सुरु भएको छ ।
‘व्यवसायिक पत्रकार, स्थानीय तहको आधार’भन्ने नाराका साथ बैजनाथ गाउँपालिकाको सहयोग तथा शिलालेख मल्टिमिडिया प्रा।लि। बैजनाथ -४ बाँकेको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गरे । उद्घाटन मन्तब्य दिदै उनले स्थानीय सरकारका गतिविधिलाई बाहिर ल्याउन स्थानीय स्तरमा पत्रकार उत्पादन हुन आवश्यक रहेकोमा जोड दिए । राष्ट्रको चौथो अंग पत्रकारिता जगतले स्थानीय सरकारलाई सही बाटोमा लाग्न झकझक्याउने उनले बताए ।

सो क्रममा विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय पालिकाकाले सञ्चालन गर्ने पत्रकार तालिमबाट राम्रा पत्रकार उत्पादन भइ सूचना तथा सञ्चार क्षेत्रमा पनि टेवा पुग्ने बताइन ।

यस्तै शिलालेख मल्टिमिडिया प्रा.लि.का अध्यक्ष कमला हमालले सञ्चारमाध्यमको पहुँचबाट टाढा भएको भन्दै स्थानीय स्तरमा पत्रकार उत्पादन गर्नका लागि तालिम आयोजना गरिएको बताइन् । गाउँपालिकालाई समृद्ध बनाउनका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । हमालले बैजनाथ पालिका सञ्चारमाध्यमको पहुँचबाट टाढा भएको भन्दै यहाँँ उत्पादन हुने पत्रकारले पालिकाको शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार विकासका कामलाई प्रचार प्रसार गर्नका लागि तालिम सञ्चालन गरिएको बताइन् ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी एवम् बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, प्रशिक्षक एवम् जिल्ला अदालत बर्दियाका शाखा अधिकृत अमृता केसी, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष एवम् नागरिक दैनिक संवाददाता अर्जुन ओली, बैजनाथ दैनिकका सम्पादक कुशल दलामी, पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य पवित्रा परियार लगायत अतिथीको उपस्थिती रहेको थियो ।तालिममा बैजनाथका ८ वटै वडाबाट गरी३२ जना युवा युवतीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed