म रुँदै हिडेको छु उनको पुरानो तस्बिर लिएर !

0
134675434_497834121186387_5334139519191047013_n

गजल
काख रित्तिएकी आमा रोइ रहन्छिन पिर लिएर
बिरोधि सालिक खोज्दै हिड्छ्न अबिर लिएर

सिढी छेउमा ,बा,भोको पेट छाम्दै बसि रहेछन
छोरो त्यही बाटो मन्दिर छिर्यो हातमा खिर लिएर

फर्किदा उ दुश्मनको पाइजामा बोकेर आयो
जाने बेलामा आउछु भन्यो काटेको शिर लिएर

मेरै प्रेमिका लिएर मुस्कुराउदै हिडेको छ उ
म रुदै हिडेको छु उनको पुरानो तस्बिर लिएर

अरुको कृपामा बाच्नु परेको छैन तिमिले झै
कमसे कम म बाचेको छु आफ्नो तक्दिर लिएर

बखत कठायत,बिशाला दैलेख
हाल : सुखेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed