Banking Khabar
कला-साहित्य

महिनावारी जो हरेक महिना नबोलाइ आँउछ !

shilalekha
shilalekha
प्रकाशित: August 24, 2020
August 24, 2020
सेयर:
महिनावारी 
आज फेरि मेरो महिनावारी सुरु भयो
सबैले मलाई हेर्ने दृष्टिकोणमा नै फरक आयो ।।
डराएर सबैको अगाडि लाज पचाउनु छ
कसैले नदेखोस भनि लागेको दाग लुकाउनु छ ।।
शरिर दुखेको छ तर पनि मुस्कुराउनु छ
भान्सा र पुजाकोठा बाट बर्जित गरिएको छ ।।
कति पिडा हुन्छ न कसैलाई भन्नु नै छ
ओठमा झुठो मुस्कान लिइ सबैको कुरा सुन्नु नै छ ।।
जरुरत छ सबैको माया र सहाराको
तर निराश छ मन सबैबाट दुर्व्यवहारको ।।
महिनावारी  जो हरेक महिना नबोलाइ आँउछ
पाँच दिनको कारण पच्चीस दिनको श्रेष्ठतामा दाग लगाउछ ।।
बार बार पिडा सहेर हरेक महिना विताउन सजिलो त छैन
भविष्यलाई सुरक्षित गर्ने एउटा यस्तो परिक्षा जसको समाधान नै छैन ।।
महिनामा हुने एक प्राकृतिक प्रकृया जसले महिलालाई अछुत बनाउछ
तर यसैको माध्यमबाट मानिसलाई उसको संसार देखाउछ ।।
हरेक महिना महिनावारीमा रगत वग्दा असुद्द भनिन्छ
फेरि त्यहि रगत सुत्केरीमा वग्दा मायाले हेरिन्छ ।।
कसैले बुझ्दैन यो पिडा बस् हेरिरहन्छन रमिता
नारि नै शक्तिको स्वरुप हो र नारि नै निर्माता ।।
कोहलपुर (बाँके)