Banking Khabar
ब्यानर न्युज

रवीन्द्र मिश्रको प्रस्ताव:संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं !

shilalekha
shilalekha
प्रकाशित: July 26, 2021
July 26, 2021
सेयर:

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका छन्।

सोमबार उनले ‘मार्ग परिवर्तनस् विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ सार्वजनिक गर्दै यो प्रस्ताव अगाडि सारेका हुन्।

उक्त प्रस्ताव व्यक्तिगत भएको र छलफल तथा बहसका लागि ल्याइएको उनको भनाइ छ। उनले संघीयताले थप भ्रष्टाचार र आर्थिक भारको स्रोत वृद्धि गरेको दाबीसमेत गरेका छन्।

उनको दाबीअनुसार संघीयता नेपालको अखण्डताको लागि पनि घातक छ। आफू धर्म निरपेक्षतावादी भएको उल्लेख गर्दै उनले धर्म निरपेक्षताबारे भने जनमत संग्रहको प्रस्ताव राखेका छन्।