Banking Khabar
ब्यानर न्युज

‘राजीनामा दिन्नँ, इजलास निरन्तर चल्छ’:प्रधानन्यायाधीश राणा

shilalekha
shilalekha
प्रकाशित: November 9, 2021
November 9, 2021
सेयर:

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा नदिने आफ्नो अडान दोहोर्‍याएका छन्। अब सर्वोच्च अदालतमा नियमितजस्तै पेसी तोकिने र सुनुवाइ पनि हुने राणाको भनाइ छ।

मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले आफू संविधान बमोजिम नियुक्त भएकाले संविधान बाहिरबाट दिइने दबाब र आन्दोलनले राजीनामा नदिने बताएका हुन्।

आफ्नो पक्ष लिएर नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनप्रति विरोध जनाउँदै आएका कानुन व्यवसायीलाई राणाले यस्तो बताएका हुन्।

संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन हुने राणाले बताएको भेटमा सहभागी अभियानका संयोजक तथा अधिवक्ता शिव अर्यालले बताए।

अभियानले ज्ञापनपत्र बुझाउँदै १८ दिनदेखि सर्वोच्चका न्यायाधीशहरूको हड्तालुका कारण इजलास नबसेको र त्यसबाट सेवाग्राही मर्कामा परेको भन्दै इजलास तत्काल सुचारु गर्न माग गरेको छ।

अभियानका संयोजक अधिवक्ता अर्यालले विभिन्न दबाब र आन्दोलकै आधारमा प्रधानन्यायाधीश राणाले आफू पदबाट नहट्ने बताएको जानकारी दिए।

राणाले अब अदालतका सबै इजलासहरु गठन हुने र निरन्तर चल्ने पनि बताएको अर्यालको भनाइ छ।