Banking Khabar
ब्यानर न्युज

‘राष्ट्रपति भण्डारी एमालेको मात्रै राष्ट्रपति बन्नुभयो’ -उपाध्यक्ष अर्याल

प्रकाशित: March 2, 2023
March 2, 2023
सेयर:

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छन्।

आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।

‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन। अरूको इसारामा चल्नुभयो,’ उनले भनिन्, ‘नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो। एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।’

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको भनाइ थियो। ‘उहाँले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो,’ उनले भनिन्, ‘हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन।’