Banking Khabar
ब्यानर न्युज

राष्ट्रपतिले नियुक्त गरिन् तीनवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख

shilalekha
shilalekha
प्रकाशित: November 9, 2021
November 9, 2021
सेयर:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले मङ्‍गलबार मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।