राष्ट्रियसभाका चार समिति सभापतिद्वारा सपथ ग्रहण

0
44444444444444444

काठमाडौं । राष्ट्रिय सभाका चार समिति सभापतिले सपथ ग्रहण गरेका छन्।
आइतबार दिउँसो सिंहदरबारमा आयोजित एक समारोहमा सभापतिहरुले सपथ ग्रहण गरेका हुन्। गत शुक्रबार राष्ट्रिय सभाअन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्य अवधि गत साता पूरा भएपछि पुनर्गठन गरिएको हो।
सदस्यहरुको मनोनयनपछि सभापति चयनका लागि प्रारम्भ भएको चुनावी प्रक्रियामा पुरानै व्यक्तिहरु विरुद्ध कसैको पनि उम्मेदवारी परेको थिएन।

फोटोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed