रोकिने छैन् बलात्कारीहरूलाई उपहार फाँसी नभएसम्म !

0
128422901_747339372796505_5366921991000478842_n

गजल

बढिरहनेछन् लगातार फाँसी नभएसम्म
रोकिने छैन्न बलत्कार फाँसी नभएसम्म ।।

नारी कमजोर छन् जे गर्दा पनि हुन्छ सोच्ने
बलात्कारीहरूलाई उपहार फाँसी नभएसम्म ।।

बलत्कारीलाई लुकाउदै बलत्कृत देखाउँदै
नछापे पनि हुन्छ अखबार फाँसी नभएसम्म

जेल राख्दैमा आन्दोलन गर्दैमा रोकिने छैन
हुँदैन अपराधीको दिगो उपचार फाँसी नभएसम्म

हिजो, आज,भोलि सधैं लुटिन्छन् नारीहरू
भेटिनेछन् यस्ता घटना हजार फाँसी नभएसम्म।।

निशा निराकार
काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed