लुम्बिनी प्रदेशको नाम र राजधानी ‘देउखुरी’राजपत्रमा प्रकाशित

0
p5-3

काठमाडौं । प्रदेश ५ को नाम ‘लुम्बिनी’ र राजधानी ‘देउखुरी’ राजपत्रमा प्रकाशन भएसंगै यसले वैधानिकता प्राप्त गरेको हो।

यसअघि प्रदेशसभाले दुई तिहाइ बहुमतले राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेको थियो। सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका किटान गरिएको थियो । उक्त प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पास भएको थियो ।

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत परेको थियो। विपक्षमा ४ मत परेको छ। मतदानमा ८३ जना उपस्थित थिए। २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो।

संविधानको धारा २८८ ९२० मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ। भनिएको छ” यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।’

त्यस्तै, धारा २९५ ९२० मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed