शरणार्थी प्रकरणमा केपी ओलीमाथि पनि छानबिन हुनुपर्छ : मेटमणि चौधरी

0
metmani-Chaudhary

काठमाडौं । नेकपा एसका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबेलाको सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ। तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ। मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ,’ पूर्वमन्त्रीसमेत रहेका चौधरीले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed