Banking Khabar
ब्यानर न्युज

शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ खुल्ने, कति दिने आवेदन ?

shilalekha
shilalekha
प्रकाशित: March 2, 2021
March 2, 2021
सेयर:

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ  निष्कासन मिति परिवर्तन भएको छ । ज्योतिको आइपीओ अब फागुन २१ गतेदेखि खुला हुने भएको छ । यसअघि कम्पनीले फागुन २३ गतेदेखि आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । तर, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन गरिएको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

कम्पनीले सर्वसाधारणको लागि कति कित्ता आईपीओ निष्कासन गर्दैछ ?

सर्वसाधारणले ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

कहिलेसम्म आवेदन दिन पाइने ?

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा अब लगानीकर्ताले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कति कित्ताको लागि दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कहाँबाट दिने आवेदन ?

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको वित्तीय अवस्था कस्तो ?

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।