Banking Khabar
ब्यानर न्युज

शेयरबजार ईण्ट्राडे हाईमा बन्द हुन सफल !

shilalekha
shilalekha
प्रकाशित: March 17, 2021
March 17, 2021
सेयर:

काठमाडौं । आज नेप्से परिसूचक ४० दशमलव ४० अंकले वृद्धि हुँदै २४३२ दशमलव १४को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ६९ प्रतिशतले वृद्धि भएकोमा ३ अर्ब ३७ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम भने केही घटेको छ ।

दोश्रो बजार २४०१ को विन्दुमा खुलेकोमा २४३२ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २३९० रहेको छ । आज बजार ईण्ट्राडे हाईमा बन्द भएको छ । आजको बजार उच्च विन्दु र बन्द विन्दु एउटै रहेको छ ।

बढेको बजारमा कारोबार रकम पनि बढ्नु सकारात्मक मानिन्छ । तर, आज कारोबार रकममा केहि गिरावट आएकाले यसलाई अझै पर्ख र हेरु को अवस्थामा रहेको देखिन्छ।

पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मर्दि हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु 

बुधबार घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरे ८.९५ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको २.७८ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.९० प्रतिशत, नेश्नल हाइड्रोपावरको १.८१ प्रतिशत र बैंक अफ काठमाण्डौको १.७० प्रतिशतले घटेको छ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु 

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै २० करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफको १८ करोड ८४ लाख रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनीको १६ करोड ४१ लाख र अपर तामाकोशीको १४ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले बढेको छ।