Banking Khabar
कला-साहित्य

श्रीमतीलाई शहीद पत्नी हुँ भन्न सरम लाग्छ !

प्रकाशित: January 8, 2021
January 8, 2021
सेयर:

गजल

केही काम गर्नु भन्दा कहिले कसम लाग्छ
अल्छिहरूलाई जोस, जाँगर कम लाग्छ

श्रीमान् देशको लागि मर्दा गर्व गर्नु पर्थ्यो
श्रीमतीलाई शहीद पत्नी हुँ भन्न सरम लाग्छ

विद्रोहको ज्वाला दन्किरहन्छ यसरी मनमा
चुल्होको दाउराको राप नै न्युनतम लाग्छ

अभावले अस्वस्थ मान्छे स्वस्थ बनाई दिन्छ
अभावले स्वस्थ्य मान्छेलाई पनि दम लाग्छ

यो सत्य हो पत्थरले हान्न बानी परेकालाई
फूलले स्वागत गर्ने हो भने अनुपम लाग्छ ।

अम्बिका कार्की
चितवन