Banking Khabar
ब्यानर न्युज

सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेस गरेपछि संसद् बैठक स्थगित

shilalekha
shilalekha
प्रकाशित: August 23, 2022
August 23, 2022
सेयर:

काठमाडौ । प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेकाले शान्ति प्रक्रियाका काम बाँकी रहन गएको बताए । उनले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन विधेयक आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री शर्माले नेपालको अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशनात्मक आदेशलगायतको आधारमा विधेयक तयार पारिएको बताए। त्यस्तै अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानुनको विश्वव्यापी मान्यता, संक्रमणकालीन न्यायका सिद्धान्त, पीडित र सरोकारवाला व्यक्तिहरूबाट प्राप्त भएका सुझावहरूलाई पनि समेटिएको उनले स्पष्ट पारे ।

प्रतिनिधिसभाको आगामी बैठक भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने बैठक स्थगित गरिएको छ ।