कांग्रेस सभापति देउवालाई हराउन सक्ने महामन्त्री शंशाक कोइराला नै हुन् त ?

0
sasank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ औ महाधिवेशनले छोइसेकेको छ । कोरोना महामारी नभएको भए सायद कांग्रेस महाधिवेशनको रौनक वडादेखी काठमाडौंमा शिर्ष नेताका घरसम्म देख्न सकिन्थ्यो । सामाजिक सञ्जाल र संचारमाध्यमा सुरु भएको महाधिवेशन चर्चासँगै सभापतिका आकांक्षीहरु आफ्नो उम्मेदवारीबारे खुलेरै सार्वजनिक हुन थालेका छन् ।
आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दोस्रो पुस्ताका नेताहरुले नेतृत्व गर्नुपर्नै माग उठेसँगै सभापतिमा नयाँ उम्मेदवारीको चर्चा चुलिएको छ । दोस्रो पुस्ताका नेतामध्ये महामन्त्री डाक्टर शशांक कोइराला, प्रकाशमान सिंह र विमेलेन्द्र निधिको नाम चर्चामा छ ।
कांग्रेसभित्र संस्थापन पक्षमा सभापति देउवा र विमेलेन्द्र निधिको नाम चर्चामा छ भने यता संस्थापन इत्तर रामचन्द्र पौडेल समूहमा स्वयम पौडेल,डा. शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतको नाम चर्चामा छ ।
पौडेल पक्षमा आफु सवैभन्दा बलियो उम्मेद्वार अझ भनौ हालका सभापती शेर बहादुर देउवालाई पराजित गर्न सक्ने आफु मात्रै भएको भन्दै संस्थापन इतरबाट डा. शंशाक कोइरालाले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ । यसमा हालका महामन्त्री डाक्टर शंशाक कोइरालाले आफ्नो समूहबाट सभापति देउवालाई पराजित गर्ने उम्मेदवार आफूमात्रै भएको दाबी गर्नुभएको छ ।

डा.शंशाक कोइरालाले मिडियासंग कुरा गर्दै,‘व्यक्तिगत रुपमा भन्नुपर्दा शेरबहादुर जी लाई हराउन सक्ने अगर कोही छ भने त्यो आफु मात्रै भएको,आफु बाहेक रामचन्द्र दाइले पनि हराउन नसक्ने ठोकुवा गर्नुभएको हो।’

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधान विपरीत गरिरहेको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गर्नुभएको छ । बिधानविपरित पार्टी गतिबिधि अगाडि बढाउने सभापति देउवालाई महाधिवेशनबाट पाखा लगाउनुपर्ने उहाँको टिप्पणी छ ।

केही राजनीतिक विश्लेषक पनि डा. कोइरालालाई संस्थापन इतर समूहका बलिया उम्मेदवारकारुपमा आंकलन गर्छन् । विपि पुत्रका कारण कोइरालाको पक्षमा सहानुभुती भोट आउने राजनीतिक विश्लेषक वेदप्रसाद त्रिपाठीको पनि भनाई छ ।

त्रिपाठी भन्नुहुन्छ,‘कांगे्रेसले विपीको विचार परित्याग गरे पनि, विपिप्रतित्रको क्रेज अभै पनि भएकोले स्वयम विपि पूत्रको उम्मेद्वारीले कांगे्रस भित्र एक किसीमको माहोल नै अर्कै बन्ने विचार व्यक्त गर्नुहुन्छ । शंशाकका कमिकमजोरी लगायत अन्य कुराको छलफल अर्कै भए पनि लिगेसीका आधारमा डा शशांक कोइला नै बलियो उममेद्वार भएको अनुमान गर्नुहुन्छ ।

विभिन्न कोणबाट सभापतिको दाबी आउनु र नयाँ पुस्ताको नेतृत्वको माग उठिरहेको बेला कांग्रेसले नयाँ नेतृत्वमा क–कसलाई अगाडि बढाउँछ भन्ने विषय भने पछि नै थाहा हुनेछ । कांग्रेस महाधिवेशनको मिति आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed