Banking Khabar
मुख्य समाचार

सभापति शेरबहादुर देउवाले गठन गरेका विभाग खारेज गर्न गगन थापालगायत १२ केन्द्रीय सदस्यको माग

shilalekha
shilalekha
प्रकाशित: August 11, 2020
August 11, 2020
सेयर:

काठमाडौं।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा धमाधम गठन गरेका विभाग खारेज गर्न गगन थापालगायत १२ केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।
१३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र गरिसक्नुपर्ने विभाग गठन सभापति देउवाले चार वर्षे कार्यकाल सकिएपछि थपिएको कार्यकालमा धमाधम मनोनित गरीरहनुभएको छ ।
१२ केन्द्रिय सदस्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य भनि प्रश्न गरीएको छ । यस कार्यबाट महाधिवेशनको निष्पक्षता मा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसके पश्चात् विभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन भएको जनाइएको छ । अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ।