Banking Khabar
मुख्य समाचार

सरकारले प्रेस काउन्सिललाई केपी ओली गुट प्रचारको कोटरि बनायो : कांग्रेस

shilalekha
shilalekha
प्रकाशित: August 19, 2020
August 19, 2020
सेयर:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा सरकारले प्रेस स्वतन्त्रता कुण्ठित बनाउन प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्तिमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, जिम्मेवारीमा को थिए वा को ल्याइएको छ भन्ने कुरामा आफ्नो चासो नभएको तर सरकारले काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोज्ने प्रवृतिको विरोध जनाएको हो । विज्ञप्तीमा प्रश्न व्यक्तिको होइन, विधिको हो, प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको दबाव मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो भनेर उल्लेख गरीएको छ ।
साथै सरकार नियन्त्रित प्रेसको बाटोमा रहेको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन एवं अन्य सरोकारवाला संस्थाहरुसंग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा प्रमुख प्रतिपक्षी दलको समर्थन नरहने जनाएको छ । यस्तै सरकारले कार्यबाहक अध्यक्ष तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।