‘सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ’:सरकारका प्रवक्ता

0
149745076_2181516368651126_5975714507956145593_n

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै राजीनामा दिनबाट रोकेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै उनले सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेकाले अहिले प्रधानमन्त्रीले राजीनामा नदिने बताए।‘संसदीय प्रक्रियाबाटै प्रधानमन्त्रीका बारेमा निर्णय होला। संसद अधिवेशनको आह्वान भइसकेको छ अब त्यहाँबाटै निकास हुन्छ,’उनले भने।

नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरो उठाइरहेकाहरुले आफू कुन नैतिकताको धरातलमा उभिएको छु भनेर हेर्नुपर्ने उनको भनाइ छ।‘नैतिकताको पाठ सिकाउनेहरुले कुन नैतिकताको धरातलमा उभिएको छु भनेर फर्केर हेर्ने हो भने राजनीतिबाटै उनीहरुले सन्यास लिए हुन्छ,’उनले भने, ‘अहिलेको संकटमा मैदान खाली गरेर मुलुकलाई अलपत्र पार्ने काम गर्नु हुनेछैन।’

उनले सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको र फागुन २३ मा प्रतिनिधिसभाको अधिवेशन आह्वान भइसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed