Banking Khabar
ब्यानर न्युज

स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि खटायो कांग्रेसले केन्दीय नेता

shilalekha
shilalekha
प्रकाशित: March 9, 2022
March 9, 2022
सेयर:

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ।

कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ुघरघर जाऔं, कांग्रेस जिताऔुं अभियान सञ्चालन गर्दैछ। त्यसलगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीले जित्ने गरी तयारी गर्न उनको निर्देशन छ।

तर गाउँगाउँमा जाँदा गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने अभिव्यक्ति नदिन पनि उनले नेताहरूलाई निर्देशन दिएका छन्।

कांग्रेसले आठ उद्देश्यका लागि केन्द्रीय नेता गाउँ खटाएको छ। जसमा चुनावमा पार्टीका उम्मेदवार जिताउन मतदानको माहौल मिलाउनेदेखि एमसिसीबारेका भ्रम चिर्नेसम्म छन्।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले यसपालि विगतका चुनावभन्दा फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ।

 

हेर्नुस् सूचि