आजको गिरावटलाई विश्लेषण गरेर हेर्दा ?

0
Capture

काठमाडौं । दिनभर जस्तो दोश्रो बजारमा बिक्री चाप आउँदा नेप्से परिसूचक २१ दशमलव ५८ अंकले घट्दै २४८५ दशमलव ०९ को विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक शुन्य दशमलव ८६ प्रतिशतले घटेकोमा ५ अर्ब ५४ लाखको शेयर कारोवार भएको छ ।

आज कारोवार रकम ५ अर्ब ५४ लाख भएको छ । शेयरबजार घटेको बेला यसरी कारोवार रकम घढ्नुलाई सकारात्मक मानिन्छ।

बजार घटेको बेला कारोवार रकम पनि घटनुले लगानीकर्ताले शेयर हिल्ड गरि रहेको बुझ्न सकिन्छ । यसले बजार बढ्ने संकेत गर्दछ।

तरपनि निकै लामो समय वृद्धि भएको बजारको आजको घटाई प्राकृतिक भएको तर आजको ग्राफले केही बिक्रीकर्ताले नाफा बुक गर्न तर्फ लागेको बुझ्न सकिन्छ।

दोश्रो बजार २४८४ को विन्दुमा खुलेकोमा २५२५ को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २४७४ रहेको छ ।आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु


आज हाइड्रो र होटेल उपसुचकमा मात्र वृद्धि भएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा शून्य दशमलव २२ प्रतिशत माथिको गिरावट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed