आज थोरैले वृद्धि भएको बजारलाई विश्लेषण गरेर हेर्दा ?

0
nep

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ५६ अंकले वृद्धि हुँदै २३९१ दशमलव ७४ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ११ प्रतिशतले वृद्धि भएकोमा ३ अर्ब ७५ करोडको शेयर कारोवार भएको छ ।

दोश्रो बजार २४०० को विन्दुमा खुलेकोमा २४१६ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २३७० रहेको छ । बजारमा आज थोरै अंकको वृद्धि भएपनि आजको मैनवत्ति भने रातो भएको छ । बजार खुल्दा माथिल्लो विन्दुमा खुलेको र बन्द हुँदा खुला विन्दु भन्दा मुनि खुलेकोले आजको मैनवत्ति रातो हुन पुगेको हो ।

 

मंगलबार २१६ वटा कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

मंगलबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरि हिल्स, जोशी हाइड्रोपावर, घलेम्दि हाइड्रोपावर,ग्रीनलाइफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भएको हो।

यता राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य भने सबैभन्दा धेरै ८.८१ प्रतिशतले घटेको भने पञ्चकन्या हाइड्रोपावरको ४.८६ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ४.६८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ४.०३ प्रतिशत र अरुण भ्यालीको ३.८५ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको १८ करोड ८९ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको १७ करोड र नविल बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज यी कम्पनीको शेयरमा उच्च माग

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed